बागलुङको जैमिनी–९ मा ५ मतअन्तरले एमालेका थापा विजयी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमालेका इन्द्र थापा विजयी भएका छन् । प्रतिस्पर्धी संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापालाई ५ मत अन्तरले पराजित गर्दै थापा वडा अध्यक्षमा विजयी भएका हुन् । निर्वाचित इन्द्र थापाले ६ सय ३ मत प्राप्त गर्दा गठबन्धनका भगिन्द्र कुमारले ५ सय ९८ मत प्राप्त गरेका छन् । … Continue reading बागलुङको जैमिनी–९ मा ५ मतअन्तरले एमालेका थापा विजयी